काठमाडौँ,असार १४-आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट प्रक्रिया पूरा भएको छ। प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्रऋण उठाउने विधेयक पारित भएसँगै प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेटको प्रक्रिया पूरा गरेको हो।
प्रक्रिया सक्नुअघि दुवै विधेयकमा संशोधनकर्ता र सदस्यहरूले छलफलमा भाग लिएका थिए भने यसमा उठेका प्रश्नहरूको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका थिए











