२०८३ जेष्ठ १४ बिहीबार

२०८३ जेष्ठ १४ बिहीबार

स्काई क्रिकेटले सार्वजनिक गर्‍यो ‘नेपाल क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ डकुमेन्ट्री

नेपाली क्रिकेटले भोगेका जित, हार, सङ्घर्ष, अविस्मरणीय क्षण र लाखौँ समर्थकहरूको अटुट साथलाई यो डकुमेन्ट्रीमा समेटिएको छ ।

स्काई क्रिकेटले सार्वजनिक गर्‍यो ‘नेपाल क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ डकुमेन्ट्री

इङ्ल्यान्डको स्काई क्रिकेटले नेपाली क्रिकेटको प्रेरणादायी कथा समेटिएको वृत्तचित्र ‘नेपाल क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ सार्वजनिक गरेको छ।
यो वृत्तचित्रले नेपाल क्रिकेट संघको आधिकारिक युट्युब च्यानलमा पनि अपलोड गरिएको छ।
वृत्तचित्रले सन् २०२४ को टी–२० विश्वकपमा नेपालले दक्षिण अफ्रिकासँग १ रनले पराजित हुनु र सन् २०२६ मा इङ्ल्यान्डविरुद्ध ५ रनले हार्नु परेको ऐतिहासिक खेलका दृश्यहरू समेटेको छ।
६ जेठ, काठमाडौं । इंग्ल्यान्डको प्रसिद्ध खेलकुद च्यानल स्काई क्रिकेटले नेपाली क्रिकेटको प्रेरणादायी कथा समेटिएको एक विशेष वृत्तचित्र (डकुमेन्ट्री) सार्वजनिक गरेको छ।

‘नेपाल क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ (नेपाल: क्रिकेटको हिमाल चढ्दै) नाम दिइएको यो वृत्तचित्र नेपाल क्रिकेट संघ (क्यान) को आधिकारिक युट्युब च्यानलमा पनि अपलोड गरिएको छ ।

यो वृत्तचित्रले विश्व क्रिकेट जगतमा नेपालले गरेको प्रगति र सङ्घर्षको रोमाञ्चक यात्रालाई देखाउँछ । विभिन्न आइसीसी विश्वकपमा नेपालको सहभागिता, देशैभरि ग्रासरूटदेखि नै क्रिकेटप्रति रहेको ठुलो क्रेज र खेल विकासका लागि भइरहेका अथक प्रयासहरूलाई यसमा सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ ।

नेपाली क्रिकेटले भोगेका जित, हार, सङ्घर्ष, अविस्मरणीय क्षण र लाखौँ समर्थकहरूको अटुट साथलाई यो डकुमेन्ट्रीमा समेटिएको छ । विशेषगरी सन् २०२४ को टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग मात्र १ रनले पराजित भएको दुःखद क्षण र हालै सन् २०२६ मा इङ्गल्यान्डविरुद्ध मात्र ५ रनले रोकिनु परेको ऐतिहासिक तथा निकै प्रतिस्पर्धात्मक खेलका दृश्यहरू पनि यस वृत्तचित्रमा समावेश छन् ।

यो वृत्तचित्रले एउटा राष्ट्र कसरी निरन्तर मिहिनेत गर्दै क्रिकेटको शिखरतिर लम्किरहेको छ भन्ने कुरालाई उजागर गर्छ ।

Picture of हरि कार्की

हरि कार्की

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।