धनगढी — धनगढीबाट लागुऔषसहित एक एक युवती पक्राउ परेकी छिन्। बुधबार साँझ डडेल्धुराको अजयमेरु गाउँपालिका–४ घर भई हाल धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने ३४ वर्षीय आशा बिष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
विशेष सूचनाका आधारमा उनको कोठाबाटै लागुऔषध ब्राउन सुगरसहित उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। विष्टको साथबाट ९ ग्राम २७० मिलिग्राम ब्राउन सुगर, ४४ ग्राम ७७० मिलिग्राम चरेस र १२ हजार २ सय नगद बरामद गरिएको प्रहरीले बताएको छ।
आशा विष्टमाथि लागुऔषध मुद्दा शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।









