२०८३ जेष्ठ २१ बिहीबार

२०८३ जेष्ठ २१ बिहीबार

कैलाली लम्कीचुहामा चट्याङ लागेर एक बालिकाको मृत्यु

लम्की। कैलालीमा लम्कीचुहा नगरपालिका –१ लम्कीमा चट्याङ लागेर १३ वर्षीया अन्जु शाहीको घटना स्थलमै मृत्यु भएको हो ।

जंगलमा बाख्रा चराउन गएका बेला उनलाई चट्याङ लागेको थियो । यस्तै चट्याङबाटै सोही ठाउँकी १४ वर्षीया भावना शर्मा घाइते भएकी छिन ।

उनको अहिले लम्कीमा रहेको लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतक अन्जुको शव भने पोस्टमार्टमको लागि टिकापुर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।

Picture of हरि कार्की

हरि कार्की

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।