२०८३ जेष्ठ २१ बिहीबार

२०८३ जेष्ठ २१ बिहीबार

डोटी बस दुर्घटना, तीन जनाको मृत्यु, २९ घाईते

धनगढीः डोटीमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक लोकेन्द्रबहादुर श्रेष्ठले दुर्घटनामा परी तीन जनाको घटना स्थलमै मृत्यु भएको दिनेश खबरलाई बताए।

उनीहरुको सनाखत भने भएको छैन्। उनका अनुसार २९ जना घाईते भएका छन्। उनीहरुको उद्दार गरी उपचारका लागि अस्पताल लैजाने काम भईरहेको छ। ७ जनाको अवस्था भने गम्भीर छ।

त्रिनगर सीमानाकाबाट ३२ जना यात्रु बसमा सवार रहेको देखिएको बताउँदै श्रेष्ठले अहिले सम्म संख्या यकिन नभएको बताए।

भारतबाट फर्किएकाहरुलाई लगेर धनगढीबाट छुटेको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका १ फुलोटमा आज बिहान दुर्घटनामा परेको हो।

बस अछामका लागि छुटेको थियो। दुर्घटनाको कारण भने खुलेको छैन्। 

Picture of हरि कार्की

हरि कार्की

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।