२०८३ जेष्ठ २१ बिहीबार

२०८३ जेष्ठ २१ बिहीबार

कञ्चनपुरमा दम्पत्तिको हत्या अभियोगमा चार पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा  दम्पत्ती हत्या घटनामा संलग्न भएको आरोपमा कञ्चनपुर प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।  जिल्लाको बेलौरी नगरपालिकाका ६२ वर्षीय घनश्याम खाती र उनकी ५५ वर्षीया श्रीमती वालादेवीको हत्या गरेको आरोपमा पक्राउ परेका ४ जनालाई प्रहरीले सार्वजनिक गरेको हो।

हत्या आरोपमा पक्राउ पर्नेमा बेलौरी ७ का ५३ वर्षीय प्रकाश ऐर, ३५ वर्षीय दिनेश राना, हात्तीबोझाका ३६ वर्षीय होरी राना र कृष्णपुर नगरपालिका वडा नम्बर २ का ४५ वर्षीय रबि राना रहेका छन्।

चारैजनाले खाती दम्पत्तीको योजनाबद्ध रुपमा हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले बताए।

गत शुक्रबार राती धारिलो हतियार प्रहारबाट वालादेवीको सोही राति ज्यान गएको थियो भने घाइते उनका श्रीमानको उपचारका क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ। ऐरले कृष्णपुरका रबिलाई ४ लाख दिएर खाती दम्पत्तीको हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको प्रवक्ता थापाले बताए ।

Picture of हरि कार्की

हरि कार्की

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।