२०८३ जेष्ठ ३० शनिबार

२०८३ जेष्ठ ३० शनिबार

कञ्चनपुरमा चार दिनदेखि बेपत्ता पुरुषको शव फेला

कञ्चनपुर : कञ्चनपुरमा चार दिनदेखि बेपत्ता पुरुषको शव फेला परेको छ। साउन १६ गतेदेखि बेपत्ता रहेका लालडाडी गाउँपालिका वडा नम्वर ६ का ५० वर्षीय टीकाराम चौधरीको शव फेला परेको हो।

उनको शव सोमबार घर नजिकैको उखुबारी भित्र झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले बताए।

मृत भेटिएका चौधरीको शव परिवारको जिम्मा लगाइएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले बताए।

Picture of हरि कार्की

हरि कार्की

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।