२०८३ जेष्ठ २१ बिहीबार

२०८३ जेष्ठ २१ बिहीबार

डोटीका तीन जना बेसाहारा बालकका लागि चन्दा संकलन कार्यक्रम सुरु

डोटी । डोटीका तीन जना बेसाहारा बालकका लागि चन्दा संकलन कार्यक्रम सुरु भएको छ । जिल्लको सायल गाउँपालिका–६ नारा गाउँका तीन जना बेसाहारा बालकका लागि दिपायल सिलगढि नगरपालिका वडा न.५ मा रहेको लर्ड बुद्ध युवा क्लब डोटी र संघर्ष युवा नेपाल डोटीले चन्दा संकलन कार्यक्रम सुरु गरेको हो ।

५५ वर्षिया बुवा बाजि खातीको १४ महिना अघि नै मृत्यु भएसँगै आठ महिना देखि आमाले समेत छोडेका अलपत्र बालकहरु नौ बर्षका लक्ष्मण खाती, चार वर्षका गणेश खाती, डेढ वर्षका कृष्ण खातीको भविष्य अन्धकार हुनबाट बचाउनको लागि चन्दा संकलन कार्यक्रम सुरु गरेको लर्ड बुद्ध युवा क्लबका अध्यक्ष सुवास देवलले बताए ।

बालबालिकाको अध्ययन सँगै खानपान आवासको पनि उचित प्रबन्ध मिलाउनको लागि चन्दा संकलन कार्यक्रम सुरु गरेको संघर्ष युवा नेपालकी अध्यक्ष सबिना परियारले बताइन ।

साहारा बिहिन भएका उक्त तिनवटै बालकको उज्ज्वल भविष्यका लागि सक्दो आर्थिक सहयोग गरिदिन चन्दा संकला संस्थाहरुले अनुरोध समेत गरेका छन ।शुक्रबार गरीएको चन्दा संकलनमा आठ हजार आठ सय पैतालिस संकलन भएको जनाएको छ ।

Picture of हरि कार्की

हरि कार्की

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।