२०८३ जेष्ठ २१ बिहीबार

२०८३ जेष्ठ २१ बिहीबार

कृष्णपुर महिला मृत्यु प्रकरण : परिवारलाई १० लाख, श्रीमानलाई जागिर

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाले क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएकी राधादेबी ओडका परिवारलाई १० लाख सहयोग दिने भएको छ ।

नगरपालिका कार्यालयमा बिहीबार पीडित परिवार सहितको छलफलमा ओडकी १२ महिनाकी छोरी अनुको खातामा सहयोग रकम जम्मा गर्ने सहमति भएको छ ।

नगरपालिकाले सहयोगसंगै ओडका श्रीमानलाई उनको योग्यताका आधारमा कार्यालयमा जागिर दिने सहमति गरेको छ । यसैगरी ओड परिवारलाई थप राहतका लागि प्रदेश र संघ सरकारसित पहल गर्ने तथा क्वारेन्टिन व्यवस्थापनको कमजोरी छानबिन समितति गठन गर्ने निर्णय गरिएको छ ।

कृष्णपुरका मेयर कर्ण बहादुर हमाल, उप मेयर रमिता राना बडायक, वडा अध्यक्षहरु छत्र बहादुर महरा, मोहन बहादुर वस्नेतm वस्नेत, तेज रावल, जयनारायण जोशी, नथुराम चौधरी, कार्यपालिका सदस्य गोबिन्द विक, प्रमुख प्रशासकीय अधिकृत शिव सिह भण्डारी, पीडित परिवारका देबराम ओड, लक्ष्मण ओड सहित सत्तारुढ नेकपाका कृष्णपुर इन्चार्ज जोगराज चौधरी, सह इन्चार्ज लोकेन्द्र प्रसाद पन्त, काँग्रेसका हेमराज ओझा, लेखराज जोशी, दिल बहादुर देउवा, पुरन खड्का, पुष्पराज भट्ट लगायतका आफन्त लगायतका छलफलमा सहभागी भएका छन् ।

कृष्णपुरका मेयर हमालका स्वकीय गणेश सिह ऐरीले ओडको मृत्यु भएपछि मेयरले सार्वजनिक रुपमा गरेको प्रतिवद्धता अनुसार सहयोग गरिएको बताए ।

मंगलबार कृष्णपुर ६ स्थित महाकाली माविको क्वारेन्टिनमा करेन्ट लागेर २३ वर्षिया ओडको मृत्यु भएको थियो ।

Picture of हरि कार्की

हरि कार्की

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।