२०८३ असार ६ शनिबार

२०८३ असार ६ शनिबार

सुदूरपश्चिममा आज ५ जनामा संक्रमण पुष्टि

धनगढी : सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना पुष्टि भएको छ। धनगढी र डडेल्धुरा प्रयोगशालामा ५ सय ६४ जनाको कोरोना परीक्षढण भएकोमा ५ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा आज थप दुई जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा तीन सय ७५ जनाको कोरोना परीक्षण भएकोमा दुई जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ का २९ बर्षीय पुरुष र अछामको साँफेवगर नगरपालिकाका २७ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो। 

उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज तीन जनामा संक्रमण पुष्टि भएको छ। २४ घण्टामा एक सय ८९ जनाको स्वाब परीक्षण गरिएकोमा तीन जनाको रिपोर्ट पोजेटिभ र एक सय ८६ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रयोगशाला ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए।

उनका अनुसार डोटीको सायल गाउँपालिका –१ का २८ वर्षीय पुरुष र १० वर्षीय बालिका गरी दुई जना र बैतडीको मेलौली नगरपालिका –७ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। आज पाँच जनाा कोरोना पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय ८६ पुगेको छ।

Picture of हरि कार्की

हरि कार्की

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।